१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाढीले घर भत्किदा एक महिलाको मृत्यु



भुवन पाण्डे, भैरहवा २० साउन ।
बाढीले घर भत्काउदा रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । मायादेवी गाउपालिका २ तिलौरीकी २८ वर्षे गीता चमारको मृत्यु भएको हो ।
उनको ७ महिने छोरा घाइते भएका छन् । जिप्रका रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेका अनुसार राति सुतेका बेला एक्कासी घरको भित्ता भत्कीदा गीतालाई च्यापेको थियो । उद्धार गर्दागर्दै घटनास्थलमै उनको मृत्यु भएको हो ।
बाढीले रोहिणी नदीको बेग बढ्दा आसपासका एक दर्जन घरसमेत डुवानमा परेको छ । यसैगरी गैडहवा तालमा पानी भरिदा आसपासका घरसमेत डुवानमा परेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  १ : ४७ बजे