१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगाको राजपुरमा मध्य रातमा चोरी



पार्वती पाण्डे, कपिलवस्तु २० साउन ।
वाणगंगा २ राजपुरमा मध्ये रातमा चोरी भएको छ । स्थानिय बसन्ती थारुको आफ्नै घरमा रहेको किराना पसलमा गए राती चोरी भएको हो । मध्येरातको समय पारी पसलको ढोका तोडि चोरी भएको पिडित थारुले बताईन । किराना पसलको सबै सामान र नगद १५ हजार लगेको थारुले जानकारी दिइन ।
नगद र सामान गरि करिब ५० हजारको क्षति भएको उनले जनाईन । मजदुरी बाट जुवाड गरि जोडेको पैसाले सानोतिनो किराना पसल चलाएकि थिए , त्यहि पनि चोरलाई बसी खान दिएनन् ।
मध्ये रातमा निधाएको बेला कसैले थाहाँ पाएन , विहान मात्र थाहाँ भयो उनले गुनासो गरिन । दुः खी गरीबहरुले श्रम गरेर खान पनि सुरक्षा भएन उनले दुखेसो पोखिन । चोरी गर्नेको तत्काल खोजी गरि कारवाहिका गर्न इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको उनले जनाईन । प्रहरी निरिक्षक राजु कार्कीले डाँकाहरुको खोजी भईरहेको बताए ।
चोरलाई प्रहरीले पक्राउ गरि कारवाहि गरेरै छाड्ने निरिक्षक कार्कीले जनाए । गाउँ घरमा हुने चोरी डकैतीका घट्नालाई यथाशिघ« प्रहरीलाई जानकारी दिन उनले सबैमा अनुरोध गरेका छन ।
सबै नागरिकहरु चनाखो हुनु पर्ने, प्रत्येक घरमा कुकुरलाई पाल्नु पर्ने उनको सुझाव थियो । नागरिकहरु सचेत भैइदिएमा घट्नाहरु नघट्ने र समाजमा चोरी गर्नेहरु उम्कन नपाउने उनले जनाए ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  २ : ०० बजे