८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युवा संघ कपिलवस्तुद्धारा उपमेयर अर्याललाई सम्मान



विनोद भट्टराई, कपिलवस्तु साउन २० ।
लामो समय देखि वस्न नसकेको युवा संघ कपिलवस्तुको विस्तारित बैठक शुक्रबार बनगाईमा बसेको छ । उक्त अवसर पारि हालै भएको स्थानीय तहको निर्वाचनमा एमाले नेता तथा जिल्ला युवा इन्चार्ज समेत रहनुभएका चक्रपाणी अर्याललाई सम्मान गरेको छ । अर्याल वाणगंगानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि युवा संघले सम्मान गरेको हो ।

यसैगरि वाणगगानगरपालिका वडा नम्बर ७ को सदस्य पदमा बाट निर्वाचित हुनुभएका मुम बहादुर पाण्डेलाई पनि सम्मान गरिएको युवा संघ नेपालका जिल्ला प्रचार विभाग प्रमुख विनोद भट्टराईले जानकारी दिनुभएकोछ ।

बैठकमा बोल्दै एमालेका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले स्थानीय तहको बिकास निर्माणको काममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष पोख्रेलले स्थानीय तहमा एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधि युवा रहेकोले विकास निर्माणको काम सहजै हुने जिकिर गर्नुभयो ।

यु्वा संघ कपिलवस्तुका अध्यक्ष गणेश केसिको अध्यक्षतामा बसेको बैठकमा एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनाल, युवा संघका नेता तेजेन्द्र पाण्डे, गोपाल ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  २ : १३ बजे