७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ नेतृत्व चयन



युएई, २१ साउन ।
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ नेतृत्व चयन भएको छ । झन्डै ६ वर्षपछि शुक्रबार दुबईमा भएको चौथो अधिवेशनले सर्व सहमतीमा नयाँ नेत्रित्व चयन गरेको हो ।
अर्घाखाँची ढाकावाङका कृष्ण भुसालको नेतृत्व गठित नयाँ कार्य समितिको उपाध्यक्ष जेपी पोखरेल, बिष्णु खड्का, सिर्जना केसी , महासचिव घनश्याम ज्ञवाली ,सचिव रामु गैरे, कोषाध्यक्ष बिष्णु खनाल र सह–कोषाध्यक्षमा आइसा चिनाल चयन हुनुभएको हो ।
त्यस्तै सदस्यहरुमा सुर्य केसी, युवराज गैरे, नारायण पोखरेल, रिता आचार्य, जमुना घिमिरे, चिरन आचार्य, बसन्त घर्ती, करन केसी, कमल खनाल, प्रकाश पोखरेल, प्रकाश परिवार, इश्वर थापा, नारायण भट्टराई, सुनिता गैरे र सालिकराम बन्जाडे रहनु भएको छ ।
समितिले पहिलो पटक क्षेत्रीय समिति पनि बनाएको छ । दुवई, आवुधाबी, सारजहाँ, रसअल खेमा र फुजेराह गरी ५ वटा क्षेत्रीय समिति निर्माण गरेको निवर्तमान अध्यक्ष राजु खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १ : २२ बजे