१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाढी प्रभावित समुदायलाई राहत



नवलपरासी, २१ साउन ।
बाढी प्रभावित नवलपरासीको सरावल गाउँपालिका–५ रामपुर खडौनाका वासिन्दालाई आज राहत वितरण गरिएको छ ।
सरावल–५ रामपुर खडौनामा बाढी प्रभावित करिव २०० घरधुरीलाई राहत सामग्री वितरण गरिएको सरावल गाउँपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।
सो गाउँपालिकाले बाढीबाट प्रभावित ती घर परिवारलाई तत्कालका लागि चिउरा, पानी र चाउचाउ उपलब्ध गराएको हो ।
बाढीबाट नवलपरासीको सदरमुकाम परासी बजारसहित सरावल, पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा गरी करिब दुई हजार घरधुरी प्रत्यक्षरुपमा प्रभावित बनेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १ : ५५ बजे