७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी



राधेश्याम खतिवडा, चितवन, २१ साउन
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा आइपुग्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिलो चरणमै भएको स्थानीय चुनावको मतगणना भइरहँदा मतपत्र च्यातिएपछि भरतपुर १९ मा शुक्रबार पुनः मतदान भएको थियो ।
अब भरतपुर महानगरपालिका वडा नम्बर २० को १७ सय २ मत गन्न बाँकी छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी कांग्रेसका कार्यकर्ता आफ्नो जित सुनिश्चित भएको भन्दै जम्मा भएका छन् ।
त्यस्तै एमाले कार्यकर्ता पनि आफ्नो पकड क्षेत्रको मत गन्न बाँकी रहेको भन्दै आफ्नै जित हुने दाबी गरिरहेका छन् । अहिलेसम्मको नतिजाअनुसार एमाले उम्मेदवार देवी ज्ञवालीको ४२४१८ र रेणु दाहालको ४२४१४ मत रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ०४ बजे