१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

उत्तर कोरियामाथि अहिलेसम्मकै कठोर प्रतिबन्ध



उत्तर कोरीया, २२ साउन ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सुरक्षा परिषद बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्ध कुनै पनि देशमाथि लागेको अहिलेसम्मकै सबैभन्दा कठोर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताउनुभयो ।
उत्तर कोरियाले गएको जुलाईमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले ती मिसाइलको सफल परीक्षणपछि अब अमेरिकाको सबै मुख्य क्षेत्रमा आफूले मार हान्न सक्ने दाबी गरेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ०६ बजे