१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महिलाको नाममा भुस्वामित्व बढ्यो



किरणमान व्रजाचार्य, कपिलवस्तु, २२ साउन ।
केही बर्षा यता महिलाको नाममा जग्गा पास गराउनेको संख्या बढदै गएको छ । जसका कारण जिल्लामा महिलाको नाममा भु– स्वामित्व बढदै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुनेक्रम अहिले उत्साहजनकरुपमा बृद्धि भएको देखिन्छ ।
सरकारले महिलाको नाममा जग्गा रजिस्ष्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीयरुपमा भुस्वामित्व बढेको हो । सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेशनमा सहुलियत दिए पछि महिलाको जग्गामा स्वामित्व बढदै गएको छ ।
जमिनमा महिलाको स्वामित्व बढाउन छुट पाईने भए पछि महिलाहरुको नाममा जग्ग्गा पास गर्नेक्रम निरन्तर बढदै गएको हो । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ ।
यसैको फाईदा उठाउदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन् । बिगत ९ बर्ष देखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिष्ट्रेशन शुल्मा छुटको सहुलित दिए पछि उनीहरुको नाममा जग्गा पास गर्नेको संख्या हवात्तै बढेको हो ।
जिल्ला मोलपोत कार्यालय अनुसर गत आर्थिक बर्ष २०७३÷०७४ मा कुल ६ हजार २४४ महिलाले छुट सुबिधा पाएका छन । छुटको रकम १ करोड ७८ लाख ३२ हजार ६४६ रहेको छ ।
जसमध्ये मालपोत कार्यालय तौलिहवामा १९ हजार ३२२ तथा चन्द्रौटा सेवा केन्द्रमा ५ हजार ९२९ लिखित भएका थिए । सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिलाअधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन् ।
महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन ।
स्मामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी पुष्पा रेग्मीको भनाई छ । २०६८ सालको तथ्यांक अनुसार महिलाको नाममा देशभर घर वा जग्गा १९ दशमलव ७१ प्रतिशत मात्र छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : १३ बजे