३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

स्वाइन फ्लुको त्रास !



भुवन पाण्डे, भैरहवा २२ साउन ।
स्वाइन फ्लुको रोग प्रकोप रुपमा फैलिन थालेपछि त्रास बढेको छ । रुपन्देहीको छिमेकी जिल्लाहरु पाल्पा, स्याङ्जा, चितवन लगायतका जिल्लाहरुमा स्वाइन फ्लुले मानिसहरुको मृत्यु संख्या बढदै गएको कारण रुपन्देही जिल्लामा पनि सवाधानी अपनाउनु पर्ने देखिएको छ ।
हरेक दिन स्वाइन फ्लुका नयाँ बिरामी भेटिएको खबर बाहिर आइरहँदा आम नागरिकमा स्वाइन फ्लुको डर झन फैलिँदै गैरहेको छ । तर चिकित्सकहरुले यसलाई सामान्य रुघा खोकि भएकाले आत्तिनु नपर्ने बताइरहेका छन् ।
यो रोग सुँगुरबाट मानिस सर्ने गर्दछ । यो रोगले विशेषत ५ वर्षका मुनिका बालबालिका, बृद्धवृद्धा, गर्भवती महिला, मुटु, फोक्सो, मृगौला, दम, मधुमेही, स्नायु सम्बन्धि रोग भएकाहरु र कमजोर रोग प्रतिरोधक क्षमता भएकाहरु सजग रहनुपर्ने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार स्वाइन फ्लु मौसमी रुघा खोकीको भाइरस जस्तै स्वास प्रश्वासको माध्यमले एक व्यक्तिबाट अर्को फैलिने गर्दछ ।
स्वाइनमा रुघाखोकी, नाकवाट पानी वग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु, तिव्र टाउको दुखाई, औषधि खादा समेत ज्वरो नघटनु, पखाला लाग्नु, वान्ता हुनु, मांसपेसी दुख्नुसहित धेरै बढी थकाइ लाग्नु पनि यो रोगको लक्षण हो ।
हाच्छिउँ गर्दा र खोक्दा सफा रुमालले नाकलाई छोप्ने, हात वा गला नमिलाउने, ढोकाको ह्यान्डल, कि वोर्ड, मेचलाई सफा गरिराख्ने, शरिरमा पानी र लवणको कमी हुन नदिन निरन्तर पानी र तरल पदार्थ सेवन गर्नु लगायतको उपायले यस रोगबाट जोगिन सक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : २९ बजे