१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भाउजुको हत्या गर्ने ‘खण्डे’ भारतबाट १० वर्षपछि पक्राउ



बझाङ, साउन २२ । 

छिमेकी भाउजुको हत्या गरी फरार रहेका बझाङका खण्डे भनेर चिनिने खडक धामीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ साल भाद्र २५ गते भाउजु नाता पर्ने कनथरी धामीलाई हत्या गरेर फरार भएका ४० वर्षका धामीलाई प्रहरीले विशेष सूचनाको आधारमा भारतबाट पक्राउ गरेको हो ।

भारतमा लुकिछिपी बस्दै आएका धामीलाई जिल्ला प्रहरी कार्यलय दार्चुलाको सहयोगमा पक्राउ गरिएको बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्रले जानकारी दिनुभयो ।

बुगोल नगरपालिका–२ दहबगर घर भएकी ३६ वर्षिया कनथरीलाई धामिले पारिवारिक विवादमा कुटपिट गरी ढुङ्गाले टाउकोमा हानेपछि ज्यान गएको थियो । हत्यापछि अभियुक्त फरार थिए । अभियुक्तलाई घटनाको १० वर्षपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ८ : ४० बजे