१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सोसल मिडियामा हंगामा, कण्डममा अचारको बासना



मायादेवी ।
छिमेकी देश भारतमा एक फमास्यूटिकल्स कम्पनीले अचार स्वादको कण्डम बजारमा ल्याएको छ ।
म्यानफोर्स नामक कम्पनीले कम्पनीको फेसबुक पेज मेनफोर्स कण्डममा हालै यो आचार स्वादको कण्डमको विज्ञापन पोष्ट गरेको छ । कम्पनीले आफ्नो वेबसाइट तथा ट्विटर ह्याण्डलमा भने यस नयाँ कण्डमको बारेमा कुनैपनि जानकारी दिएको छैन ।
अचार स्वादको कण्डम भन्दै फेसबुक पेजमा विज्ञापन प्रकाशन भएसँगै यस कण्डमको अचारी स्वादलाई लिएर फेसबुक प्रयोगकर्ताहरुमा तरंग उत्पन्न भएको छ । फेसबुक प्रयोगकर्ताले यो कण्डमका बारेमा अनेकथरी प्रतिक्रिया जनाएका छन् ।
त्यसमध्ये एकजनाले लेखेका छन् – अब अचार कण्डमपछि चियावाला कण्डम पनि आउनुपर्छ । तब नास्ता र सेक्स दुबै एकैचोटी गर्न पाइन्छ ।
अर्का एकजनाले लेखेका छन् – यदि पसलमा कसैले अचारी मस्ती फ्लेबर माग्यो भने के दिने भनेर पसलेहरु द्विविधामा परेका छन् । या त ब्रम्हचारी होउ, या त अचारीमा जाउस्अर्का एकजनाको सल्लाह छ ।
एजेन्सी

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  १ : ५९ बजे