६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एक भारतीय साधु बुटवलमा मृत भेटिए



रुपन्देही, २३ साउन ।
भारतको उत्तर प्रदेशको उन्नाउका एक साधु बुटवलमा मृत भेटिएपछि आफन्तहरुले हत्याको आशंका गर्दै छानबिनको माग गरेका छन् ।

गएको दुई वर्षदेखि बुटवल–५ मा बस्दै आएका ५२ वर्षका साधु रमेश पालको शव जलेको अबस्थामा भेटिएको हो । मृतकका भाइ सन्तुले आइतबार शव बुझ्दै दाजुको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । घटनामा संलग्न भएको आशंकामा बुटवल–५ की एक महिलालाई पक्राउ गरि प्रहरीले छोडेको छ ।
घटनाका बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ४ : २७ बजे