३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

प्रजातन्त्रवादी कानून व्यवसायीद्धारा उम्मेद्धवारी दर्ता



घोराही, २३ साउन ।
यही साउन २८ गते हुने नेपाल बार एशोसीयसन दाङको निर्वाचनका लागी सोमवार प्रजातन्त्रवादी कानून व्यवसायी सघ (डिएलए)ले
उमेदवारी दर्ता गराएको छ । डिएलएको तर्फवाट अध्यक्षमा प्रदिपकुमार गौतम, उपाध्यक्षमा ललितबहादुर केसी, सचिवमा किरणकुमार रेग्मी, कोषाध्यक्षमा किरण पौडेलले उमेदवारी दर्ता गराएका छन ।
त्यस्तै सदस्यहरुमा रश्मी पाण्डे धिताल, बद्र्रीरत्न पन्त, सन्जयकुमार केसी, बिनय कुुुमार मिश्र, नारायण प्रसाद रिजाल, बसन्त बहादुर केसी, चिन्तामणि धितालले उमेद्धावारी दर्ता गराएको नेपाल प्रजातन्त्रवादी कानून व्यवसायी एशोसीयसन दाङका अध्यक्ष निर्मल गौतमले जानकारी दिनुभयो ।

पार्षदमा चुनसन चौधरी, दिनेशचन्द पौडेल, धर्मराज ओली, डम्बर बुढाथोकी, अर्जुुनकुमार अधिकारी, बलदेव पाण्डे, गिरबहादुर केसी रहेका छन् । उमेद्वारहरुलाई विजयी बनाउनकालागी निर्मल गौतम संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ । निर्मल गौतम संयोजका रहेको समितिमा भानुभक्त धिताल, घनश्याम थापा, विष्णुमणी धिताल, रेवतिरमण भट्टराई, सुदीप गौतम, कुमारराज श्रेष्ठ, देवीबहादुर डिसी, गोमा महरा, रेवबहादुर चौधरी, मोहनलाल वली रहनुभएको छ ।
यसैविच संघका अध्यक्ष निर्मल गौतम र सचिव सन्तोष पोख्रेलले २८ गते हुने निर्वाचनमा नेपाल प्र्रजातन्त्रवादी एशोसीयसनका उमेदवारलाई मतदान गरि विजय गराउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ११ : ४४ बजे