१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

क्लिन तुलसीपुर ग्रिन तुलसीपुरको ५० औ हप्तामा वृक्षारोपन गरिने



विमल गौतम, तुलसीपुर २३ साउन ।
क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानको सप्ताह ब्यापि कार्यक्रम अन्र्तगत भोलि ५० हप्ताको कार्यक्रममा वृक्षारोपन गरिने भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगर पालिकाको संयुक्त आयोजना तथा बिभिन्न सघं संस्थाको सहकार्यमा जारि अभियानको सप्ताह ब्यापि कार्यक्रम अन्र्तगत भोलि मंगलबार ५० औ हप्ताको कार्यक्रम अन्र्तगत बिहान १० बजे विरेन्द्र मावि मानपुरमा वृक्षारोपन गर्ने कार्यक्रम रहेको अभियानका संयोजक बिमल रिजालले जानकारि दिनुभयो ।
सो बिद्यालयमा करिव १५ सय बिभिन्न प्रजातिका बिरुवाहरु वृक्षारोपन गरिने संयोजक रिजालले जानकारि दिनुभयो । ५१ औ हप्ता देखि तुलसीपुर उपमहानगर पालिकालाई हस्तान्तरण गर्ने तयारि गरिएको अवसरमा साप्ताहिक रुपमा बिभिन्न कार्यक्रमहरु भै रहेका छन । जस अन्र्तगत भोलि बिरेन्द्र माविमा वृक्षारोपन तथा पर्सि मंगलबार बिपि चौकमा एक बृहत कार्यक्रमको आयोजना गरि अभियानको हस्तान्तरण गरिने संयोजक रिजालले जानकारि दिनुभयो ।
जनप्रतिनिधहरु नहुदा शुरु गरिएको अभियान स्थानिय तहमा जनप्रतिनिधि आए संगै हस्तान्तरण गरिने र सो अभियानमा बाणिज्य संघपनी सहभागि हुने रिजालले बताउनु भयो । पर्सि २५ गते वुधबार तुलसीपुरको बिपि चौकमा हुने भव्य कार्यक्रममा धुर्मुस, सुरविर पण्डित, पल्पसा डंगोल लगाएतका हास्य कलाकारहरु समेत आउने कार्यक्रम रहेको छ ।
त्यसैगरि अभियान हस्तान्तरण कार्यक्रममा वाग्मति सरसफाई अभियानका अभियन्ता डाक्टर राजु अधिकारि समेत आउने कार्यक्रम रहेको संयोजक रिजालले बताउनु भयो । यसैबिच अभियानका संयोजक तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले भोलि मानपुरमा हुने ५० औ हप्ताको कार्यक्रम तथा पर्सि तुलसीपुरको बिपि चौकमा हुने अभियानको हस्तान्तरण कार्यक्रममा सहभागि हुन अभियानमा सहभागि सवै संघ सस्थाका प्रतिनिधि तथा तुलसीपुर वासीहरुमा अनुरोध गर्नु भएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ११ : ४९ बजे