६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

उत्तर कोरियाले दियो अमेरिकालाई मुल्य चुकाउनु पर्ने चेतावनी



मायादेवी अनलाइन, २३ साउन ।
संयुक्त राष्ट्रसंघले आफूमाथि नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
उत्तर कोरियाले गएको शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले आफूमाथि नयाँ प्रतिबन्ध लागेसँगै अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ४ : २७ बजे