१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

करेन्ट लगाएर माछा मार्न खोज्दा एकजनाको मृत्यु



दाङ, २४ साउन ।
करेन्ट लगाएर माछा मार्न खोज्दा दाङको तुलसीपुर उपमहानगरपालिका(१६ का २८ वर्षका हेमन्त केसीको ज्यान गएको छ ।
तुल्सीपुरको ग्वारखोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा सोमबार राति १२ बजेतिर केसीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विद्युतको तार हुकिङगरि माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १० : १४ बजे