७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कालीगण्डकीमा भगवान भेटिए, धुमधामले पूजा गरियो !



पाल्पा, २४ साउन ।
कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो ।
सो शिवलिंगलाई यहाँका स्थानीयवासीले पूजाआजा गरी विधिवत्रुपमा मन्दिरमा भित्र्याएका छन् । कालीनदीको गैरीघाटमा रुद्रीपूजा गरेर रानीवासको सिद्धेश्वर मन्दिरमा सोमबार भित्र्याइएको स्थानीयवासी हरिप्रसाद खनालले जानकारी दिनुभयो । अहिले सो शिवलिंग हेर्न र पूजाआजा गर्न आउनेको मन्दिरमा भीड लागेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १२ : २३ बजे