१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाल्पामा पनि गाइजात्रा पर्ब मनाइयो



सन्तोष बस्याल, पाल्पा २४ साउन ।
भाद्र कृष्ण प्रतिपदा देखि आठ दिन मनाइने परम्परागत गाईजात्रा पर्ब मंगलबार पाल्पामा पनी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । एक वर्ष भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई जात्रा पर्ब मनाईने गरिन्छ ।
यस पर्बमा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा फलफूल, रोटी, चिउराका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेकोछ । काठमाण्डौको भाई भनेर चिनिने पाल्पामा काठमाण्डौ पछीको लो जात्रा लाग्ने गर्दछ । गाई जात्रा सदरमुकाम तानसेनका अलावा रामपुर, हार्थोक, छहरा, नायर, रिडी लगाएतका स्थानहरुमा पनी धुमधामका साथ निकालिएको छ ।
परम्परागत रुपमा चली आएके जात्रा पाल्पामा दिवंगत भएका परिवारका आफ्रन्तका अदलावा बिभिन्न संघ संगठनहरुले पनी सामुहिक रुपमा निकाल्ने गर्दछन । पहिले पहिले गांउबाट सदरमुुकाम सम्म जात्रा ल्याउने गरिए पनी अहिले भने गाउ गाउमै जात्रा देखाउने प्रचलन बढेको छ ।
बर्षेनी जात्रालाई परम्परागत ढंगबाट चलाउदै आइएको जात्रा यस पटक पनी सदरमुकाम तानसेनका मुख्य गरी सितलबाटी, आन्दोलन चोक, मखनटोल, बिशालबजार, टुडिखेल लगाएतका स्थानहरुका प्रदर्शन गरिएको थियो ।
हास्यव्यङ्ग्यले समाजमा जथाभाबी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने संस्कृतिविद्को भनाइ छ । गाईजात्राका अवसरमा स्थानिय प्रशासनले मंगलबार तानसेनमा स्थानिय बिदा दिएको छ भने सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ३ : ५३ बजे