८ आश्विन २०७९, शनिबार | Sun Sep 25 2022

चीन भूकम्पमा कम्तिमा १३ को मृत्यु, घाइते १७५ जना



सिन्हवा÷सीएनटीभी, २५ साउन, बेइजिङ ।
चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् ।
अन्य एक सय ७५ जना घाइते भएका छन् । सिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का महशुस भएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् ।
हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय उद्धार टोली परिचालन गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ५ : ०९ बजे