३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

जंगबहादुर शैलीमा सुरक्षा निकायको धम्की



काठमाडौं, २७ साउन ।
सुरक्षा निकायमा हालै बढुवा भएका अधिकृतहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सुरक्षा निकायको माथिल्लो निकायले फोटो किन हालेको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि अहिले ती सुरक्षा निकाय आलोचनाको पात्र बन्न थालेका छन् । यो खबर दीपक रिजालले आजको नेपाल समाचार पत्रमा लेखेका छन् ।
लामो समयपछि बढुवा भएका सुरक्षा निकायका अधिकृतले दर्ज्यानी चिन्ह लगाएको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै सुरक्षा निकायका प्रधान कार्यालयहरूले स्पष्टीकरण सोधेपछि यस विषयमा बहस सुरु छ ।
सुरक्षा निकायका ऐन तथा नियमावलीमा सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेमा के कस्तो कारबाही हुने कुनै कुरा उल्लेख नभए पनि ती सुरक्षा निकायको प्रधान कार्यलयले भने मौखिक आदेशको भरमा कारबाहीको धम्की दिएर उनीहरूको हुर्मत लिने काम गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुको आलोचना सुरु भएको छ ।
गृहमन्त्री जनार्धन शर्माले सामाजिक सञ्जालमा जथाभावी नबोल्न र युनिफर्म लगाएका फोटो पोष्ट नगर्न मौखिक आदेश दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले जंगबहादुर शैलीमा कारबाही गर्ने चेतावनी नै विवादमा परेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : २० बजे