११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

यसरी बच्ने भाइरल ज्वरोबाट, उपाय सहित



मायादेवी अनलाइन ।
गर्मीयाम र वर्षापछि आएको बाढीका कारण मुलुकका विभिन्न जिल्लामा भाइरल तथा झाडापखालाका बिरामीको संख्या बढ्दै गएको छ । विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा भाइरल तथा झाडापखालाका बिरामीको चाप थेग्न नसक्ने अवस्थामा छ । अघिपछि २० देखि ५० जना बिरामी उपचारका लागि आउने विभिन्न जिल्लाका मुख्य मुख्य अस्पतालमा पछिल्लो समय दैनिक दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको बताइएको छ ।
के हो भाइरल ज्वरो
ज्वरो आउने, जिउ दुख्ने, टाउको दख्ने, घाँटी दुख्ने, आवाज घोक्रो हुने, नाक बन्द हुने, रुघा लाग्ने, आँखा रातो हुने, छालामा डाबर आउनेलगायतका समस्या भाइरल ज्वरोका लक्षणहरु हुन् । विभिन्न समस्या देखा परेपनि अल्पकालीन भएकाले भाइबर आफैं ठिक हुन्छ ।
कसरी बच्ने ?
यस्तो बेलामा पर्याप्त आराम गर्ने, धेरै झोल तथा तातो पदार्थ खाने, धुलोमा नहिँड्ने र अस्पतालमा बिरामीको चाप भएको स्थानमा जानु परेमा सावधानी अपनाउनुपर्छ । अत्याधिक ज्वरो आएमा पारासिटामोल मात्र खाने र अन्य कुनै औषधिको प्रयोग नगर्नु नै उचित हुने चिकित्सकहरुको भनाई छ ।
भाइरल ज्वरो केही दिनमा आफैं ठिक हुन्छ । त्यसैले रुघाको औषधि वा एन्टिबायोटिकको प्रयोग गर्न आवश्यक हुँदैन । यसको जथाभावी प्रयोगले उल्टै शरीरलाई हानी गर्न सक्छ । त्यसैले भाइरल ज्वरोको शंका लागेमा चिकित्सकको सल्लाह लिएर मात्र औषधिको सेवन गर्नुपर्छ ।
कतिपयले रुघा लाग्ने बित्तिकै आफूखुशी औषधि सेवन गर्ने प्रचलन पनि छ । तर यसरी एन्टिबायोटिकको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । त्यसैले सामान्य रुघाखोकी लाग्दैमा औषधि प्रयोग गर्ने प्रचलनलाई निरुत्साहित गर्नुपर्छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ३९ बजे