१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाग्लुङमा घर भत्किँदा दुई जनाको मृत्यु



बागलुङ, २७ साउन ।
बागलुङ गलकोट नगरपालिका वडा नम्बर ९ बडागाउँमा बिहीबार राति घर भत्किँदा दुई जनाको ज्यान गएको छ ।
ठूलो वर्षाका कारण राति २ बजेतिर घर पछाडिको गाह्रो भत्किँदा ७५ वर्षका जयलाल बिक र उहाँका नाति १३ वर्षका विवेक बिकको माटोमा पुरिएर घटनास्थलै ज्यान गएको हो । घरमा जयलालसहित उहाँका नाति बस्दै आइरहेका थिए । बिहान अबेरसम्म पनि घरमा दुवै जना नउठेको देखेपछि आफन्तले हेर्न जाँदा पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा जयलाल र विवेकको शव माटोबाट निकालिएको छ । शव अहिले पोष्टमार्टमका लागि गलकोट प्राथमिक स्वाथ्य केन्द्र हरिचौरमा लगिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ५ : ५७ बजे