१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिरोमा पुरिएर पाचथरमा तीन जनाको मृत्यु, एक वेपत्ता



फिदिम, साउन २७  । 
बिहीबार रातिदेखिको अविरल बर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परि तीन जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर एक बृद्धा वेपत्ता छन् ।
बिहान आठ बजे गएको पहिरोमा पुरिएर फालेलुङ–३ ताङ्लेपाका एकै परिवारका तीन जनाको ज्यान गएको फालेलुङ ३ का वडाध्यक्ष विरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो ।
ताङ्लेपाका विष्णुभक्त राई उहाँकी छोरी र नातिको परिहिरोमा पुरिएर ज्यान गएको स्थानीय बासिन्दाको भनाई छ ।
त्यस्तै शुक्रबार बिहान आठ बजे गएको पहिरोमा फालेलुङ–१ चुम्पादिनका ७३ वर्षका बृद्धा तिलोचन बिक पहिरोमा पुरिएका छन् । उनको हात मात्र देखिएको तर अहिलेसम्म उद्धार हुन नसकेको स्थानीय बासिन्दा प्रेम खड्काले जानकारी दिनुभयो ।
उद्धारका लागि प्रहरी पहिरो गएको स्थलमा पठाइएको प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।
फालेलुङ–३ माङ्लेबुमा पनि शुक्रबार बिहानको परिहोले चार घर पुरेको वडा अध्यक्ष विर विक्रम थाम्सुहाङको भनाई छ । माङ्लेबुङमा मान बहादुर जवेगु, मंगल बहादुर राई, तेज बहादुर जवेगु, र नरेन्द्रलाल चौहाको घर पुरिएको बताइएको छ ।
अरु दर्जनौँ घरहरु जोखिममा परेको बताइएको छ । अहिले पनि मुसलधारे पानी परेकाले पहिरोमा परि कतिको ज्यान गयो भन्ने एकीन हुन नसकेको प्रहरीको भनाई छ । यता फालेलुङको वडा नंं. १ चुम्पादीनमा पहिरोले चार घर पुरेको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ७ : ३४ बजे