४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बालुवाटार घेराउ डा केसीका माग सम्बोधन गर्न तिव्र दबाब



काठमाडौं, साउन २७ – उन्नाइस दिनदेखि अनसनरत डा। गोविन्द केसीको माग सम्बोधनका लागि दबाव दिन चिकित्सकहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन ।
डा। केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट र्‍यालीसहित वालुवाटारमा पुगेर प्रदर्शन गरेका हुन । र्‍यालीमा एक हजार चिकित्सक, विद्यार्थी र सर्वसाधारण नागरिककोसमेत सहभागिता थियो ।
डाक्टर केसीको स्वास्थ्य गम्भीर बन्दै जाँदा पनि उहाँका माग पूरा गर्न सरकारले ठोस कदम नचालेका कारण दवाव दिन प्रदर्शन गरेको डा।केसीका तर्फबाट वार्ता समितिका संयोजक डा। अभिषेक सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ९ : ०२ बजे