१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाँचथरमा पहिरो अपडेट चारजनाको मृत्यु, एकै परिवारका तीनजना परे



पाँचथर, साउन २७   ।  पाँचथरको चुक्पादिनमा पहिरोमा पुरिएर एकै परिवारका तीनसहित चारजनाको ज्यान गएको छ । पहिरोमा परेर एक महिला घाइते भएकी छन् । दुई घरमा क्षति पुगेको छ ।
फालेलुङ–३ ताङ्लेपाका विष्णु भक्त राई उहाँकी छोरी गंगामाया र नातिनी प्रिया राईको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई शौचालय गएका कारण बच्नु भएको छ । उहाँ सामान्य घाइते हुनु भएको छ ।
चुक्पादिनमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो । यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर ज्यान गएको छ ।
शुक्रबार बिहान ८ बजे खसेको पहिरोमा पुरिएकाहरुको शवे भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले निकालेको हो । पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।
लगातार परिरहेको पानी र ठाउँठाउँमा गएको पहिरोका कारण माङलेबुङ, बुङ्खिडाँडा र खोलाघारी गाउँका करिब ५० घर पहिरोको जोखिममा परेका छ छन । पहिरोका कारण प्रहरी भने अझै घटनास्थलमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ९ : ०४ बजे