१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ट्याक्सी चढेर लुट्ने लुटेरा पक्राउ



भक्तपुर, साउन २७ ।  यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद पाँच हजार ९ सय ७० रुपैयाँ, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले शुक्रबार पक्राउ गरेका हो ।
पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका–७ बस्ने वर्ष २६ को सुमन दंगालले चलाएको बा २ ख १२४९ नम्बरको ट्याक्सी चढेर शुक्रबार बिहान काठमाडौं कुमारीगालबाट नगरकोट जाने भन्दै आएका दुई लुटेराले चाँगुनारायण नगरपालिका मुहानपोखरी नजिकै चालकको साथमा रहेको नगद पाँच हजार ९ सय ७० रुपैयाँ, चाँदीको सिक्री एक वटा, सामसुङ मोबाइल एक वटा र सुनको मुन्द्रा लुटपाट गरी फरार भएपछि प्रहरीले लुटेराको खोजी गरेको थियो । – रासस

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ९ : ०६ बजे