१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

स्याङजामा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन घाइते



स्याङजा, २७ साउन ।
स्याङ्जाको गल्याङमा ना ३ ख ५५४६ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परि वालिङ—१४ स्याङजा स्थायी घर भई कपिलवस्तुको वाणगंगा—२ मा बसोवास गर्दै आउनुभएकी अन्दाजी ७५र७६ वर्षकी जानकी थापा सप्लेटी मगर र त्यही ठाँउका कृष्णबहादुर थापा खुलाल मगर रहको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १० : ३८ बजे