१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिन्धुलीको कमलामाईमा पहिरो स् एकै परिवारका चारजनाको मृत्यु



सिन्धुली, साउन २८ ।  सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उहाँका छोरा अनिज र मनिस तथा छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने प्रहरीले उद्धार गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  १ : १८ बजे