२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

अवैध बालुवा चोरी गर्ने ट्याक्टरलाई ५० हजार रुपैयाँ जरिवाना


२२ आश्विन २०८३ बिहिबार ००:००  

0
Shares

बाणगंगा। कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२, राजपुरस्थित नहरमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा आज बिहान प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले लु. ४ त.९६१२ नम्बरको ट्र्याक्टरलाई बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको हो।

प्रहरीले ट्र्याक्टर चालकसहित सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको थियो। उक्त घटनामा बाणगङ्गा नगरपालिकाको राजस्व शाखाले ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाएको छ। यस अघिको कारबाहीमा कतिपय ट्याक्टर पटकेमा परेका थिए ।

साउन र भदौमा मात्रै ७ वटा ट्याक्टर नियन्त्रणमा लिई ३ लाख ५० हजार जरिवाना बापत नगरले ट्याक्टरबाट राजस्व उठाएको थियो। चाडपर्ब नजिकिदै जादा बाणगंगा नदि आसपास र नहरमा नदिजन्य पदार्थको चोरी निकासी बढ्ने गरेको स्थानीयले मायादेवी अनलाइन बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८३ बिहिबार ००:००  ७ : ४७ बजे