१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अस्पतालमा अक्सिजन अभाव, भारतमा २० बालबालिकाको मृत्यु



साउन २८ । भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा २० बालकालिकाको ज्यान गएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८ घण्टामा विभिन्न कारणले समग्रमा ३० बालबालिकाको ज्यान गएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ । तर उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको अभाव भएका कारण बिरामीको ज्यान गएको भन्ने कुरा भ्रमक रहेको दाबी गरेको छ । उत्तर प्रदेश सरकारले ट्वीट गरेर बिआरडी मेडिकल कलेजमा अकिसजनको अभावका कारण कुनै पनि बिरामीको ज्यान नगएको दाबी गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  १ : २४ बजे