६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बाढीका कारण सुनसरीमा ६ जनाको मृत्यु, सप्तकोशी नदीका ३४ ढोका खोलियो ।।

सुनसरी, साउन २८ –
सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको ज्यान गएको छ । बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एकजनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार ६ जनाको शव भेटिएको छ । बाढीले इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका ज्यान गएको प्रहरीले जनाएको छ । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भएको छ । शुक्रबार रातिको तुलनामा शनिबार बिहान बाढी घटेको छ तर पानी परिरहेकाले खतरा भने टरेको छैन ।
रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत सेवा समेत अबरुद्ध छ । सडक पूरै बाढीले ढाकेर गाडी चल्न सकेका छैनन् । बाढीले इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुबानमा परेको छ । नेपाली सेनाको हेलिकप्टर बिहानैदेखि उद्धारमा जुटेको छ ।
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढी रहेको छ । बिहानको मापन अनुसार सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ६९ हजार २ सय ५० क्युसेक पानी बहेको कोशी ब्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् ।
सुनसरीमा बाढीका कारण ६ जनाको मृत्यु, सप्तकोशी नदीका ३४ ढोका खोलियो ।।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ४१ बजे