१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाङका विभिन्न नदीमा बाढीका कारणयातायात सेवा ठप्प



दाङ, साउन २८ ।
लगातारको वर्षाका कारण दाङका खोलामा आएको बाढी आउँदा यातायात सेवा ठप्प भएको छ । लमही(तुल्सीपुर सडकखण्डका १२ वटा भन्दा बढी खहरेखोलामा बाढी आएका कारण यातायात सेवा ठप्प रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बबई, सिस्ने, कटुवा, गुर्जे, पत्रे र ग्वार खोलामा यसवर्षकै धेरै बाढी आएको प्रहरीले जनाएको छ । यसले गर्दा दाङबाट बाहिरिने र दाङ भित्रने गाडी चल्न सकेका छैनन् ।
अविरल बर्षाका कारण दाङका ठूला नदी राप्ति र बबईमा शुक्रबार रातिदेखि नै पानीको सतह बढेको छ । नदी आसपासका क्षेत्रका नागरिकलाई उच्च सर्तक अवस्थामा बस्ने आह्वान गरिएको र सम्भावित जोखिमबाट बचाउन राप्ति र बबई नदी आसपासमा सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ४५ बजे