८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पहिरोले मोटरसाइकल पुर्दा पाल्पामा एकजनाको मृत्यु



पाल्पा, साउन २८ ।
पहिरोले मोटरसाइकल पुरिँदा घाइते भएका पाल्पाका गृहपति शाक्यको ज्यान गएको छ ।
शुक्रबार बेलुका पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा झरेको पहिरोले लु १३ प ६६५ नम्बरको मोटरसाइकल पुर्दा घाइते भएका तानसेन टक्सार टोलमा ३७ वर्षका शाक्यको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका बसन्तपुर तानसेनका ४६ वर्षका अजय श्रेष्ठ भने उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ४८ बजे