१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिरोले दाउन्नेको आवागमन ठप्प



वृजराज कुशवाहा, नवलपरासी २८ साउन ।
अबिरल वर्षाका कारण आएको पहिरोले नवलपरासीको दाउन्नेमा आवागमन अवरुद्ध भएको छ । गएराती १० बजेदेखि अवरुद्ध बनेको पुर्वपश्चिम यातायात खोलाउने प्रयास जारी रहेको नवलपरासी प्रहरीले जनाएको छ । बर्दघाट एस मोडदेखि दाउन्ने उकालोसम्म दर्जनौं स्थानमा पहिरो आएको र पन्छाउने काम भैरहेको बताईएको छ । यसका लागि डोजर र प्रहरी परिचालन गरिएको छ ।
पुर्वपश्चिम गन्तब्यका लागि हिंडेका सवारी साधनहरु गएराती १० बजेदेखि नै बर्दघाट र दुम्किबासमा रोकिएका छन् । बाटोमा रोकिनु परेका यात्रुहरु सास्तीमा परेको बताएका छन् । खानेकुरा र खानेपानी नपाएर भोकभोकै बस्न परेको गुनासो गरेका छन् ।
उता नारायणी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसंगै नारायणी तटका बासीन्दा चिन्तामा परेका छन् । जिल्लाको खजुरा र झरही खोलामा पनि पानीको बहाव बढेपछि बाढकिो पानी फेरी गाउंबस्तीमा पस्ने हो कि भन्ने चिन्ता व्याप्त छ । यस अघि डुबानमा परेकाहरु घरका महत्वपुर्ण सरसामान, वृद्ध, बच्चा तथा पशुपन्छिलाई सुरक्षित स्थानतर्फ लैजाने काममा जुटेको स्थानीयवासीले बताएका छन् । गएरातिदेखि शुरु भएको वर्षा अहिलेपनि निरन्तर रुपमा भैरहेकोले त्रास बढदो छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ११ : ३७ बजे