४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

गुल्मिका सडक पनि अवरुद्ध, यातायात ठप्प



तम्घास (गुल्मी), २८ साउन ।
वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ । मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट तम्घास, पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सम्पूर्ण सवारीसाधन ठप्प बनेका छन् । सवारीसाधन सञ्चालनमा आउन नसकेपछि घरबाट यात्रामा निस्केका सयौँ यात्रु समस्यामा परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडल बनाएका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ११ : ४१ बजे