१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गुल्मी वारमा खनाल



शिवलाल सुवेदी, गुल्मी २८ साउन ।
नेपाल वार एशोसियसन गुल्मीमा गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आज सदरमुकाम तम्घासमा सम्पन्न वार गुल्मीको निर्वाचनमा भिमलाल न्यौपानेलाई २ मतले पराजित गर्दै खनाल निर्वाचित हुनुभएको हो ।

त्यस्तै सचिवमा खनाल प्यानका वेदप्रसाद कुवँर, कोषाध्यक्षमा टुक प्रसाद कुवर जिवयी भएका छन भने सदस्यहरुमा पनि क्रमस खनाल प्यानलकै चिरञ्जीवी शर्मा, जिवलाल पाण्डे, हिराबहादुर अर्याल, होम बहादुर केसी विजयी हुनुभएको छ भने अन्य सदस्यहरुमा न्यौपाने प्यानलका अच्युतराज पन्थी, गुणानिधी शर्मा, विष्णु प्रसाद वलाल, हरि प्रसाद पाण्डे र प्रेमराज आचार्य विजयी हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा भने वोमलाल भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । २६ जना कानुन ब्यवसायी रहेको गुल्मी वारमा २४ जनाले मतदान गरेका थिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ५७ बजे