८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सप्तकोशीका थप ढोका खोल्न भारतबाट प्राविधिक टोली आउनुपर्ने



सुनसरी, साउन २९ । सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । शनिबार बेलुका सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ७९ हजार क्युसेक पुगेको थियो ।

पानीको बहाब ३ लाख क्युसेक प्रतिसेकेण्ड नाघेपछि भने भारतबाट इन्जिनियरसहितको प्राविधिक टोली आउने र त्यो टोलीले अवस्था निरीक्षण गरेपछि मात्र कोशी ब्यारेजका थप ढोका खोल्न मिल्ने स्थानीय प्रशासनले जनाएको छ ।

अहिले सप्तकोशीका ५२ मध्ये ३३ वटा ढोका पूरै खोलिएको छ भने ५ वटा आधा मात्र खोलिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  १ : २२ बजे