६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बेबारिसे बालिकाको पहिचान हुन सकेन



सलिम अन्सारी, साउन २९, प्युठान ।
प्युठानमा बेवारिसे अवस्थामा फेला परेकी एक बालिकाको पहिचान खुल्न सकेको छैन । जिल्लाको सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा साउन १८ गते फेला परेकी बालिकाको पहिचान खुल्न नसकेको हो । अन्दाजी १० वर्षीया बालिका बोल्न नसक्ने अवस्थामा रहेको महिला तथा बालबालिका कार्यालय प्यूठानकी प्रमुख विष्णु कुमारी आचार्यले बताउनुभयो ।
प्रहरीले बालिकालाई अल्पकालिन सेवा केन्द्र खलंगामा संरक्षणका लागि राख्न आग्रह गरेपछि संरक्षण केन्द्रमा राखिएको उहाँले बताउनुभयो । अल्पकालिन सेवा केन्द्रमा हिंसा पिडीत महिलाहरुका लागि राख्ने गरिएपनि प्रहरीले संरक्षणका लागि पठाएपछि संरक्षणका लागि राखिएको केन्द्रका पुनम नेपालीले बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  २ : ०२ बजे