१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाउन्ने सडकखण्ड फेरी अवरुद्ध, नारायणी नदि तटका बासिन्दाले घर छाडे



वृजराज कुशवाहा, नवलपरासी, ३० साउन ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा आइतबार खुलाइएको सडक फेरी अवरुद्ध भएको छ । शुक्रबार देखि अवरुद्ध भएको बाटो आइतबार दिउँसो पखबाट एकतर्फी खुलाइएको थियो । हाईवे भासिएको स्थानमा बनाएको डाईभर्सनमा मालवाहक ट्रक फसेकोले आइतबार साझदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
उता नारायणी नदिमा बढेको पानीले बीगैप बाध बगाउने जोखिम रहेको भन्दै तटिय क्षेत्र नरसहि, पकलिहवा, गुठीपर्सौनी लगायतका स्थानका वासिन्दाहरु आइतबारदेखि घर छाडि सुरक्षित स्थानतर्फ गएका छन् ।
रातभरि जाग्राम बसेको अवस्था छ । प्रहरी सचेत रहन सायरन बजाएपछि पशु चौपाया सहित स्थानियहरु बांधमा बसेर रात बिताउनु परेको छ । अहिले पनि अबिरल वर्षा भैरहेको छ

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ३ : २२ बजे