१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाढीले घर भत्किँदा रुपन्देहीमा एकजनाको मृत्यु



रुपन्देही, ३० साउन ।
रुपन्देहीको सिपवामा बाढीका कारण घर भत्किँदा आइतबार राति एकजनाको ज्यान गएको छ ।
कोटहीमाई गाउँपालिका–१ सिपवाका फागु हरिजनको घर भत्किँदा उहाँका १५ वर्षका छोरा रोशनको ज्यान गएको हो ।
फागु र उहाँकी श्रीमती शीला घाइते भएको वडा सदस्य विजयकुमार यादवले जानकारी दिनुभयो । दुवैजनालाई उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ४ : १५ बजे