७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रहरीमा १ हजार १७२ ले जागिर पाउँने, कुन कुन पदमा हो विस्तृत सहित !



काठमाडौं, ३१ साउन ।
नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ ।
प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार,१२ जना आदिबासि जनजाति, १२ जना दलित ८ जना महिला र ६ जना मधेसी र २ जना पिछडा वर्गका कोटा लागि छुट्टाइएको छ । प्रहरी निरीक्षकमा दरखास्त दिनेले फाराम बापत ७ सय रुपैयाँ तिर्नुपर्छ ।
त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । जसमा १६९ खुल्लातर्फबाट माग गरिएको छ । बाँकि ६ अमर तथा अशक्त प्रहरीको परिवार, ४४ जना आदिवासी जनजाति, ३९ मधेसी २८ महिला, २१ जना दलित तथा ७ जना पिछडा वर्गको लागि कोटा छुट्टाइएको छ । यसको आवेदन फारामबापत भने ३ सय रुपैयाँ बुझाउनुपर्ने छ ।
प्रहरी जवानमा भने ७ सय ६७ जना माग गरिएको छ । जसमध्ये ४ सय १४ खुल्लातर्फबाट माग गरिएको छ । अमर तथा अशक्त प्रहरीको परिवारका लागि १५, आदीवासी जनजातीका लागि १ सय ८ जना, मधेसी ९४, महिला ६८, दलित ५१ र पिछडा बर्गका लागि १७ जना कोटा छुट्टाइएको छ ।
यसमा आवेदन दिन चाहनेले भने १ सय रुपैयाँ आवेदन फाराम बापत तिर्नुपर्ने नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ८ : ०१ बजे