१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बबई नदीमा दुईजनाको शव फेला



दाङ, ३१ साउन ।
दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ । आज बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ ।
त्यस्तै दंगीशरण गाउँपालिका–६ स्थित बबई नदीको किनारामा पनि एक जना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार शाहले जानकारी दिनुभएको छ ।
दुवै शवको पहिचान खुल्न सकेको छैन । बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ११ : ५५ बजे