१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

संविधान संशोधन विधेयक संसदमा पेश हुँदै



काठमाडौं, साउन ३२ ।

संविधान ९दोस्रो संशोधन० विधेयक २०७३ बुधबार संसद बैठकमा पेश गर्ने कार्यसूचि छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी ९राजपा० बिच भएको सहमति अनुसार सरकारले संविधान संशोधन विधेयकलाई बुधबारको संसद बैठकमा निर्णयार्थ पेश गर्न लागेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यसूचि रहेको छ । यसअघि उहाँले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ । संविधान सशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आ–आफ्नै ढंगबाट व्याख्या र विश्लेषण गर्दै आएका छन् ।

सत्तापक्षले संविधानको स्वीकार्यतालाई बढाउन संविधान संशोधन आजको अनिवार्य सर्त रहेको जनाउँदै आएकोे छ भने प्रतिपक्षले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसग जोडेर हेर्दैआएको छ । कम्तीमा पनि संशोधन प्रस्ताव पारित हुने सुनिश्चिता आवश्यक रहेको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले पनि पछिल्लो समय संशोधन प्रस्ताव निर्णयार्थ हुँदा आउने परिणामलाई स्वीकार गर्ने संकेत गरेको छ ।

यसैबिच संविधान संशोधन विधेयककै विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दलको बैठक बोलाउनुभएको छ । बैठक बेलुका पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ७ : २९ बजे