१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नवलपरासी सुस्ताका २६५ घर डुबानमा



नवलपरासी, ३२ साउन  ।

नवलपरासीको सुस्तामा २ सय ६५ घर डुबानमा परेको छ । मंगलबार रातिदेखि नै पानी परेपछि २ सय ६५ घरपरिवारले स्थानीय जनता दलित प्राथमिक विद्यालयमा आश्रय लिइरहेका छन् ।

बाढीका कारण २५ घर भत्किएको छ भने २ सय ६५ घरको अन्नपात नोक्सानी भएको छ । अहिले पनि पानी परिरहेकाले नारायणी नदीमा बाढी आउने भन्दै स्थानीय बासिन्दा चिन्तामा परेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  १० : ४७ बजे