७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अदालतको फैसलामाथि पुनर्विचार गर्न सरिफको माग



काठमाडौं, ३२ साउन ।
पाकिस्तानको सर्वोच्च अदालतले बर्खास्त गरेका पूर्व प्रधानमन्त्री नवाज सरिफले आफुमाथि भएको फैसला उपर पुनर्विचारको अपिल गरेका छन् ।
गत जुलाई २८ मा सर्वोच्च अदालतले सरिफलाई पदमा बस्न योग्य नरहेको भनि ठहर गरेपछि उनले त्यसै दिन राजिनामा दिएका थिए । अहिले भने उनले आफ्नो फैसला उपर पुनर्विचारको लागि अपिल गरेको उनका पार्टीका सदस्यले रोयर्टसलाई बताएका छन् ।
पाकिस्तान मुस्लिम लिग– नवाजका सदस्य जान अचाकजाइले फैसला उपर पुर्न्विचारको अपिल गर्दै ३ वटा फरक फरक निवेदन सर्वोच्च अदालतमा प्रस्तुत गरेको जानकारी दिएका छन् ।
फैसला उपरको पुनर्विचार गर्न अपिल गर्नु हाम्रो अधिकार हो । पाकिस्तानका नागरिकले पनि यो निर्णयलाई स्वीकार गरेका छैनन्, उनले भने । सरिफको पुनर्र्विचारको अपिल उपर उनलाई पहिले बर्खास्त गर्ने न्यायाधिसहरुले नै फेरी फैसला सुनाउने अचाकजाइले जानकारी दिए ।
सन् २०१६ मा भएको पानामा लिक्स्का कारण पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पदबाट बर्खास्त भएका थिए । उक्त लिकमा उनकी छोरी र दुई छोराले अफसोर कम्पनीबाट लण्डनमा सम्पत्ति खरिद गरेको खुलासा भएकोथियो ।
यस लगत्तै सरिफको विरुद्धमा विपक्षीहरु मुद्धा हालेका थिए जसमा सर्वोच्च अदालतले अप्रिलमा उनलाई पदबाट हटाउनको लागि यथेष्ट प्रमाण रहेको स्पष्ट पारेको थियो तर पनि थप अनुसन्धानको लागि निर्देशन दिएको थियो ।
अचाकजाइले अप्रिलमा निर्देशन दिएका ५ मध्ये २ न्यायाधिस अन्तिम सुनुवाइमा नबस्ने भनिएको भएपनि उनीहरु पनि यसमा संलग्न रहेकाले पुर्न्विचारको अपिल दिन लागिएको बताएका छन् । अप्रिलमा सुनुवाइ गर्दा ती दुई न्यायाधिसले असहमति जनाएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ११ : ०२ बजे