१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कैलालीको टिकापुरमा मतदाता नामावली बनाउनेको घुईचो



धनराज कट्टेल टिकापुर १ भाद्र ।
निवार्चन आयोगले मतदाता नामावलि बनाउने समय ३ दिन थप गरेको छ् । स्थानिय चुनाबमा मतदानता नामावलि बनाउन छुटेका नगारिक लाई प्रादेशिक र संघिय चुनाबमा सहभागि गराउनकालागि साउन १६ गतेबाट सुरु भएको मतदाता नामावलि बनाउने काम आज सकिने भएपनि स्थानिय स्थरमा मतदाता नामावलि बनाउनेको उल्लेख्यि उपस्थिती देखिएका ले मतदाता नामावलि बनाउने काम ३ दिन थप गरिएको हो ।

पछिल्लो पटक निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि स्थानीय तहमै टोली खटाएपछि कैलालीको टीकापुरमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ७ हजार ५ शय ६८ पुगेको छ । मतादाता नामावलीमा नाम दर्ता गर्ने समय सीमा अब भौदो ३ गते सकिने छ ।

यतिखेर टीकापुरमा मतदाता नामावलीमा नाम दर्ताका लागि घुईंचो नै लाग्ने गरेको छ । आज मात्रै ६ शय जनाले मतदाता नामावलीका लागि फोटो खिचाएका छन् ।
साउन १६ गतेदेखि स्थानीय तह मै मतदाता अद्यावधिक टोली पुगेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको भिँड लाग्न थालेको हो ।

साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकाममा मतदाता नामावली अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय राजनीतिक दलहरूको विरोध र तिब्र दवावपछि परिवर्तन भएसँगै निर्वाचन कार्यालयको टोली स्थानीय तहमा आएको हो ।
टीकापुर नगरपालिकाका लागि क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका फोकल पर्सन अमृता रावलले दिएको जानकारी अनुसार आज सम्ममा टीकापुर नगरपालिका अन्र्तगतका ७ हजार ५ शय ६८ मतदाताले आफ्नो नाम दर्ता गराएका छन् ।

फोकल पर्सन रावलका पछिल्लो पटक मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूमा पुरूषभन्दा महिला धेरै रहेका छन् ।

टीकापुरमा मंगलबारसम्म नाम दर्ता गराएका मध्ये ६८ .७७ प्रशित महिला र ३८.२२ प्रतिशत पुरूष रहेका छन् । रावलका अनुसार मतदाता नामावलीमा छुट भएका, नाम संशोधन र ठेगाना परिवर्तन गर्न चाहनेहरूको यतिखेर विवरण लिइएको र ठेगाना परिवर्तन गर्नका लागि फाराम भर्ने र सङ्कलित फाराम क्षेत्रीय निर्वाचन कार्यालयमा जम्मा भएपछि मात्रै परिवर्तनको प्रक्रिया अघि बढ्ने छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ५ : ०८ बजे