१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाढी पिडितलाई सिद्धार्थ होटेलको सहयोग



धनराज कट्टेल टिकापुर १ भाद्र ।

चार दिन अघिको बाढीबाट प्रभावित कैलालीको सुदूरपूर्वी क्षेत्रका बाढी पीडितहरूका लागि सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीद्वारा सञ्चालित सिद्धाथ होटेल टीकापुर र सिद्धार्थ गु्रप अन्र्तगतको सामाजिक संस्था साकारले बुधवार दुई छाक खाना खुवाएर मानवीय सेवा गरेको छ ।
सिद्धार्थ होटेल टीकापुरका प्रबन्धक छत्र बोगटीले दिएको जानकारी अनुसार उक्त ग्रुपले बुधवार टीकापुर नगरपालिका वडा नं.–७ बैदी चोकस्थित पूर्व पश्चिम हुलाकी राजमार्गमा आश्रय लिएर बसिरहेका झण्डै ७ शय जना बाढी प्रभाबितहरूलाई विहान साँझ खाना खुबाएको हो ।
बाढी र डुबानका कारण घरमा भएको खाद्यान्न लगायत घरायसी प्रयोजनका सामाग्रीहरू क्षति भएका कारण कष्टपुर्ण अबस्थामा बस्न बाध्य परिबारलाई उनीहरूको टोल बस्तीमै दाल भात तरकारी सहितको ताजा र स्बच्छ खाना खुबाइएको प्रबन्धक बोगटीले बताएका छन् ।

तीन दिनदेखि चिउरा, चाउचाउ, बिस्कुट जस्ता ड्राई फुड खान बाध्य भएका बाढी प्रभाबितहरूले चार दिनपछि ताजा र स्बच्छ खाना पेटभर खान पाएको बाढी प्रभाबित सागर बोहराले बताएका छन् ।

टीकापुर नगरपालिका, टीकापुर उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी टीकापुर र टीकापुर जेसिससँग समन्बय गरेर बाढी र डुबानका कारण समस्यामा परेका परिबारलाई खाना खुबाइएको हो ।

सिद्धार्थ ग्रुप र साकारले बाँकेका बाढी प्रभाबित परिबारलाई पनि खाना खुबाउने योजना बनाएको छ ।
टीकापुरमा सानो खाजा पसलबाट ब्यबसाय शुरू गरेको सिद्धार्थ गु्रपका टीकापुर, कर्णाली चिसापानी, नेपालगञ्ज, सुर्खेत, बुटबल, कुरिनटार र काठमाण्डौमा रेष्टुरेन्ट, होटेल, रिसोट गरी १६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
सिद्धार्थ गु्रपले सिद्धार्थ एशोसियसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी साकार क्ब्ऋब्च् मार्फत बिगतका बर्षहरूदेखि नै बिपदमा परेका मानिसलाई सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ५ : ११ बजे