८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चार दिने नेपाल भ्रमण पछि चीनका उपप्रधानमन्त्री वाङ याङ स्वदेश फिर्ता



काठमाडौं भदौ १ ।
चीनका उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किनुभएको छ । बिहीबार बिहान विशेष विमानबाट उहाँ चीनको राजधानी बेइजिङ फर्किनु भएको हो ।
उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गर्नु भएको थियो । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको सोमबार उहाँ काठमाडौं आउनु भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ६ : ५४ बजे