१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री देउवा नेपालगञ्जमा



बाँके, भदौ १ ।
बाढी प्रभावितको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपालगञ्ज आउनुभएको छ ।
प्रधानमन्त्री देउवाले बाँके, बर्दिया, दाङ्ग र कैलालीमा बाढीपछिको अवस्था बारे जानकारी लिन यहाँ आउनुभएको हो । उहाँले प्रभावितसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रधानमन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके, बर्दिया, कैलाली र दाङ्गमा बाढीले प्रभाव पारेका क्षेत्रको निरीक्षण गर्नुहुनेछ ।
प्रधानमन्त्री देउवाले बाँकेको फत्तेपुर, बर्दियाको गुलेरियार बनियाभार, कैलालीको टिकापुर लगायतका क्षेत्रको निरीक्षण गर्नुृहुनेछ । प्रधानमन्त्री देउवासँगै सिचाईं मन्त्री सञ्जयकुमार गौतम पनि आउनुभएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ६ : ५८ बजे