१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गण्डक कमाण्ड क्षेत्रका वासिन्दाद्धारा पश्चिम नहरको बाँध भत्काउने चेतावनी



वृजराज कुशहवा १ भदौ
अबिरल वर्षा र डुबानले गाउं बस्ती डुबानमा परेका कारण गण्डक कमाण्ड क्षेत्रका वासिन्दाले पश्चिम गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन ्।
सुस्ता गाउपालिका वडा नं १ र २ मा रुपौलिया, छिबनी लगायतका गाउंबस्ती डुवानमा परेपछि आक्रोशित भएका हुन् ।
उनीहरु कोदालो, बेल्चो बोकेर बाँध भत्काउन गएपनि स्थानीय प्रशासनको हस्तक्षेपले गरेको छ । स्थानीय प्रशासनले आक्रोशित भीडलाई सम्झाइ बुझाई गरेर परिस्थितिलाई साम्य बनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भारतीय पक्षसंग बाँधका बारेमा छलफल भइरहेको छ ।
केही दिन अघि बाढीका कारण सुस्ता क्षेत्र डुवानमा परेको र पानी निकाशका लागि भारतीय पक्षले कुनै सहयोग नगरेको भन्दै पीडितहरु आक्रोशित बनेका हुन ्। बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ११ : ४८ बजे